२०८१ कातिर्क २८ बुधबार

आजबाट कार्यान्वयनमा जाँदै एमसिसी

  • Admin २०८१ कातिर्क २८ बुधबार

काठमाडौ, भाद्र १३ –  आजबाट अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयनमा जाने भएको छ।

बुधबार दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रम गरी एमसिसी कार्यान्वयनमा गएको घोषणा गरिनेछ। उक्त कार्यक्रममा सहभागि हुनका लागि एमसिसीका सम्झौता कार्य – सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरून एलफोर्ड मंगलबार काठमाडौं आएका छन्।

आज कार्यान्वयनमा गएको घोषणा भएसँगै एमसिसीको पाँच वर्षे अवधि पनि गणना सुरू हुनेछ। यसको अर्थ एमसिसीअन्तर्गत बन्ने परियोजनाहरू सन् २०२८ को अगस्ट ३० सम्म सम्पन्न भइसक्नुपर्ने छ।

एमसिसीअन्तर्गत ३१५ किलोमिटर लामो विद्युत प्रसारण लाइन, विद्युत सबस्टेशन र सडक मर्मत आयोजना रहेका छन्।

प्रसारण लाइनअन्तर्गत पहिलो खण्डमा लप्सीफेदी – रातमाटे – नयाँ हेटौँडासम्मको ११७ किमि लामो प्रसारण लाइन बनाइने छ भने दोस्रो खण्डमा रातमाटेदेखि नयाँ दमौलीसम्मको ९० किमि र तेस्रो खण्डमा नयाँ दमौलीदेखि नयाँ बुटवलसम्मको ९० किमि र नयाँ बुटवलदेखि नेपाल–भारत सीमासम्मको १८ किमिको प्रसारण लाइन बनाइने छ।

सडक आयोजनाअन्तर्गत पूर्व(पश्चिम राजमार्गमा पर्ने दाङको धानखोलादेखि लमहीसम्मको सडकको स्तरोन्नति गरिनेछ। यी सबै आयोजनाहरू कार्यान्वयनमा गएको पाँच वर्षभित्र सकिनै पर्ने एमसिसी सम्झौतामा उल्लेख छ।

तपाईको बिचार