काठमाडौ, भाद्र १३ – आज देखि एसिया कप सुरु हुदैछ । उद्घाटन खेलमा नेपालले आयोजक घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । नेपाल र पाकिस्ताानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा मुल्तान क्रिकेट रंगशालामा क्रिकेट हुनेछ ।
नेपालले पहिलो पटक विश्वको नम्वर वान टोली पाकिस्तानसँग खेल्दैछ । बाबर आजम र शाहिन शाह अफ्रिदी जस्ता विश्वका उत्कृष्ट ब्याटर र बलर भएको पाकिस्तानविरुद्ध नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ । नेपालको कप्तानी रोहित पौडेल र पाकिस्तानको बाबर आजमले गर्नेछन् ।
नेपालले एसिया कप खेल्ने आठौं टोली बन्दैछ । एसोसिएट टोलीमा युएई, हङकङपछि तेस्रो टोली बन्नेछ ।
नेपालको क्रिकेट इतिहासमा आज एतिहासिक दिन हुनेछ पहिलो पटक नेपालले विश्व वरियतामा एक नम्बरमा रहेको टोली संग खेल खेल्दै छ । पाकिस्तान ओडिआई वरियता शीर्ष र नेपाल १५ औं स्थानमा रहेको छ । नेपाललाई गुमाउनु केहि छैन ।
नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्दै विश्वलाई देखाउन चाहन्छ । एसिया कपमा राम्रो गर्न सके नेपाली खेलाडीलाई विदेशी फ्रेन्जाइज लिगमा अवसर हरु खुल्न सक्छन् ।
पाकिस्तानको नेपालसँग खेल्ने प्लेइङ ११
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान९विकेटकिपर०, अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद (विकेटकिपर) र मौसम ढकाल ।
तपाईको बिचार