२०८१ कातिर्क २२ बिहीबार

कैलालीमा हैजाको बिरामी फेला परे

  • Admin २०८१ कातिर्क २२ बिहीबार

धनगढी, भाद्र १३ – कैलालीमा एक महिलामा हैजाको जीवाणु फेला परेको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका–११ मसुरिया गाउँकी एक महिलामा जीवाणु फेला परेको हो। सेती प्रादेशिक अस्पताल धनगढीमा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा हैजाको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सूचना अधिकारी तेजविक्रम शाहीले बताए ।

बिरामी ३४ वर्षीया महिलालाई उपचारार्थ धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको शाहीले बताए । दूषित खानेपानी र खानाले यो हैजा फैलिने गर्छ । कलेरा नामको जीवाणुले मान्छेमा यो रोगको सङ्क्रमण गराउँछ ।

शाहीले भने “अरु व्यक्तिलाई सङ्क्रमण भएको छैन, सङ्क्रमण हुनसक्ने अवधि पनि गुज्रिसकेकाले डराउनुपर्ने अवस्था छैन ।” बिरामी महिला केही दिनअघि भारतबाट फर्किएको बताइएको छ ।

तपाईको बिचार