काठमाडौं, भाद्र १२ – अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरन एस अलफोर्ड मंगलबार नेपाल आइपुगेका छन् । उनी अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
एमसीसी आयोजनाको औपचारिक शुरुवातका लागि उनी नेपालआएको बताइएको छ । एमसीसी परियोजनाको बुधबार उद्घाट्न गर्ने कार्यक्रमरहेको छ ।
नेपाल बसाइँका क्रममा उनले प्रधानमन्त्रीसहित दलका नेताहरुलाई भेट्न कार्यक्रम समेत रहेको छ ।
तपाईको बिचार