२०८१ कातिर्क १९ सोमबार

एसिया कप खेल्न सन्दीप पाकिस्तान जाँदै

  • Admin २०८१ कातिर्क १९ सोमबार

काठमाडौं, भाद्र ११ – एसिया कप क्रिकेट खेल्नका लागि राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने आज (सोमबार) पाकिस्तान जाने भएका छन्। आफूविरुद्धको बलात्कार मुद्दाको पेसी सरेपछि सन्दीप सोमबार पाकिस्तान जान लागेका हुन्।

नाबालिकमाथि बलात्कार गरेको अभियोगमा सन्दीपले मुद्दा खेपिरहेका छन्। आइतबार अन्तिम सुनुवाइका लागि न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा पाँचौं नम्बरमा पेसी तोकिए पनि हेर्न नभ्याइने हुँदै स्थगित भएको थियो।

सुनुवाइ स्थगित भएसँगै एसिया कपका लागि उनको पाकिस्तान यात्रा तय भएको हो। उनको मुद्दाको अर्को पेसी भदौ २१ गते तोकिएको छ। १३ गतेदेखि हुने एसिया कपमा लामिछाने नेपाली टोलीमा छन्। नेपाली टोली यसअघि नै पाकिस्तान पुगिसकेको भए पनि सन्दीप मुद्दाका कारण यतै रोकिएका थिए।

तपाईको बिचार