काठमाडौ, भाद्र १० – सत्ता गठबन्धनले संसदिय समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक–एक समिति दिने तयारी गरेको छ।
रास्वपालाई उद्योग समिति लिन प्रस्ताव गरेको सत्ता गठबन्धनले राप्रपालाई कानून समिति लिन प्रस्ताव गरेको गठबन्धनका एक नेताले बताए ।
रास्वपाले समितिमा उम्मेदवारी दिने तयारी गरेको थियो। सत्ता गठबन्धनले एक समिति दिने भएपछि रास्वपा अलमलमा परेको छ। राप्रपाले भने कानून समिति पाएमा ध्रुवबहादुर प्रधानलाई सभापति बनाउने तयारी गरेको छ। १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार अपरान्ह तिन बजे सम्मका लागि निर्धारण गरिएको छ।
तपाईको बिचार