काठमाडौ, भाद्र १० – नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक अहिले बिहान १० बजे बस्दै छ। पार्टी कार्यालयमा बस्न लागेको बैठकमा पार्टीका केही व्यवस्थापकीय कामहरूबारे छलफल हुने बताइएको छ। ‘यो नियमित बैठक हो, कुनै विशेष कार्यसूची छैन,’ एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सेतोपाटीसँग भने।
आजको बैठकमा एकीकृत समाजवादीको भागमा परेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति कसलाई बनाउने भनेर पनि छलफल गर्ने उनले बताए। एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा बझाङ–१ बाट निर्वाचित सांसद भानुभक्त जोशीलाई उम्मेदवार बनाउने पक्कापक्कीजस्तै छ।
‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया आजबाट अघि बढेको छ। यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि संसदीय समितिले सभापति पाउन लागेका हुन्।
तपाईको बिचार