Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6114
NEPAL TIMES NOW | Trusted News Portal

२०८१ फागुन ४ आइतबार

मेलम्चीमा बाढी, सरस्वती माविको शौचालय र पिलर बगायो

  • Admin २०८१ फागुन ४ आइतबार

सिन्धुपाल्चोक, भाद्र ८ – सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएको छ। बुधवारदेखिको अविरल वर्षाका कारण ‍हेलम्बु गाउँपालिका–४ स्थित मेलम्ची नदीमा बढी आएको हो।

हेलम्बु नगरपालिका वडा नं. ४ का वडाध्यक्ष बुद्धिमान तामाङका अनुसार बाढीले सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएको छ। उनका अनुसार मेलम्चीले धार परिवर्तन गरी कटान गर्दा विद्यालय उच्च जोखिममा परेको र विद्यालयको निर्माणाधीन भवनको पिलर पनि बाढीले बगाएको छ।

बाढीले ग्याल्थुमको माथिल्लो बजार उच्च जोखिममा परेको पनि वडाध्यक्ष तामाङले बताएका छन्। ‘नदी बजारको घरहरू नजिकै पुगिसक्यो, यसरी नै बहाब बढ्यो भने वस्तीमा बाढी छिर्छ,’ उनले भने। मेलम्चीले धार परिवर्तन गर्न थालेपछि ग्याल्थुम क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। विद्यालय जोखिममा परेपछि आज विदा दिइएको छ।

पछिल्लो २४ घन्टामा मेलम्ची आसपास १२२ मिलिमिटर वर्षा भइरहेको छ। अहिले पनि एकदुई ठाउँमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

यसअघि २०७८ असार १ र साउन १६ गते गेग्रानसहितको भेलबाढीले तटीय क्षेत्र तहसनहसन बनाएको थियो, दुई वर्षपछि पुनः बाढीले कटान गरेको हो ।

तपाईको बिचार