२०८१ कातिर्क २२ बिहीबार

आइतबारदेखि कोशीमा बजेट शुन्यको जोखिम

  • Admin २०८१ कातिर्क २२ बिहीबार

विराटनगर, भाद्र ८ –  कोशी सरकारलाई दीर्घकालीन महत्वको काम नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि बजेट शुन्यको जोखिम भएको छ। बिहीबार सर्वोच्च अदालतले कोशी सरकारलाई दीर्घकालीन असर पर्ने र नीतिगत प्रकृतिका काम नगर्न आदेश दिएको छ ।

यसअघि एमाले नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेशको दुई दिनभित्र प्रतिस्थापन विधेयक नल्याएमा वा नयाँ अध्यादेश नल्याएमा कोशी सरकार बजेट होलिडेको स्थितिमा पुग्नेछ । गत ३२ जेठमा तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ल्याएको बजेट अध्यादेश १४ असारमा प्रदेशसभामा पेश गरेको थियो । प्रदेशसभामा पेश गरेको ६० दिनभित्र प्रतिस्थापन विधेयक नल्याए उक्त अध्यादेश निष्क्रिय हुने संवैधानिक व्यवस्था छ ।

तर मुख्यमन्त्रीले विश्वासको मत लिँदा सभामुखले पनि मत दिएको विरोधमा एमाले र राप्रपाले प्रदेशसभामा नाराबाजी गरेपछि प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गरिएको छ । र बुधबार सरकारले अध्यादेशबाटै अर्को बजेट ल्याउन प्रदेशसभाको अधिवेशन अन्त्य गरेको छ । त्यही बेला सर्वोच्चले दीर्घकालीन असर पर्ने र नीतिगत प्रकृतिका निर्णय नगर्न आदेश दिएपछि अध्यादेश ल्याउन पनि सरकारलाई अप्ठेरो परेको छ ।

तपाईको बिचार