२०८१ कातिर्क १९ सोमबार

देउडामा नाचेको टुँडिखेल

  • Admin २०८१ कातिर्क १९ सोमबार

काठमाडौं, भाद्र ७ — सुदूरपश्चिम घर भई राजधानिमा बसोवास गर्ने सुदुरपश्चिमेलीहरुले बिहीबार गौरापर्व मनाएका छन् । काठमाडौँको टुँडिखेलमा प्रशंसा संरक्षण समूहको आयोजनामा भएको मेलामा प्रधानमन्त्री पुष्कमल दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ,परराष्ट्रमन्त्री एनपी साउद, पूर्वउपप्रधानमन्त्री भिम रावललगायत सहभागि भएर देउडा खेलेका थिए।

कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशको कला तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । गौरा (पार्वती) को पूजा गरी मनाइने उक्त पर्वमा आत्मशान्तिसँगै मोक्ष्य प्राप्त हुने विश्वास जनमानसमा छ ।

गौरा सुदूरपश्चिम, कर्णाली र मध्यपश्चिमका मानिसहरुले मनाउने गरेका छन । पश्चिमको कला संस्कृतिको संरक्षण गर्न गौरा पर्वको महत्वपुर्ण भूमिका रहेको छ ।

डडेल्धुरा घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएका राम खड्काले राजधानीमा समेत आफ्नो पर्व मनाउन पाउँदा खुसी भएको व्यक्त गरिन् । उनले सुदूरपश्चिममा पाइने विभिन्न प्रकारका खानासँगै आफ्नो कला, संस्कृति र नृत्यसमेत हेर्न पाउँदा खुसी व्यक्त गरिन् । उनले गौरा पर्व देशभर मनाउनुपर्नेमा जोड दिइन् ।

तपाईको बिचार