धनगढी, भदौ ७ – प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले धनगढी स्थित आफ्नै निवासमा गौरा पर्व मनाएकी छन । डाक्टर आरजुले बिहिबार शुभ साईतमा गौरा पर्वको सुरुवात गरेकी थिइन ।
गत सोमबार धनगढी स्थित निवासमा विरुडा भिजाएर औपचारीक रुपमै गौरा भित्र्याइएको देउवा निवासमा आज बिहीबार थारु पहाडी महिलाहरु एक ठाउँमा जम्मा भएर धुमधामका साथ गौरा पर्व मनाएका हुन ।
आज विहानै धनगढी उत्तरबेहडीस्थित आफ्नो निवासमा सांसद डा. आरजु राणा देउवाले गौराको विधिवत पूजा गरिन । हरेक वर्ग समुदायका महिला पुरुषहरूको सहभागितामा गौरा मनाएको हो । गौरादेवीको पुजापछि डा. आरजु संगै विभिन्न राजनीतिक दल, राना थारु, महिलाहरुले एक साथ गौरामा धुमधाम संग देउडा खेलेका थिए ।
आफ्नै पहिरनमा उपस्थित भएका थारु समुदाय महिलाहरू पनि डेउडा झुमेका थिए । गौरामा थारु समुदायको उपस्तिथिले सामाजिक सद्भाव थप झल्किएको थियो ।
गौरा पर्वका अवसरमा सांसद आरजु हरेक बर्ष धनगढी पुग्ने गरेकी छन् । यस बर्ष पनि गौराको अवसरमा धनगढी आएकी उनले राना थारु समुदायले मनाउने तिज कार्यक्रममा पनि सहभागि जनाएका थिइन ।
सो अवसरमा डा.आरजुले गौराले आपसी प्रेम, भाइचारा, सामाजिक सद्भाव, सौहाद्रता र ऐक्यबद्धतालाई थप सुदृढ गर्ने भन्दै शुभकामना दिइकी थिइन ।
तपाईको बिचार