Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121
NEPAL TIMES NOW | Trusted News Portal

२०८२ जेठ १२ आइतबार

पुटिनविरुद्ध विद्रोह गर्ने वाग्नर समूहको प्रमुखको रुसी विमान दुर्घटनामा मृत्यु

  • Admin २०८२ जेठ १२ आइतबार

एजेन्सी, भाद्र ७ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विद्रोह गरेका येभगेनी प्रिगोगिनको बुधवार राति भएको विमान दुर्घटनामा मृत्यु भएको थियो । उनी निजी सेना वाग्नर समूहका प्रमुख थिए । उनको समुहले भाडामा सैनिक परिचालन गर्ने गर्दथ्यो र ति सेनाहरु युक्रेन युद्धमा समावेश हुने गर्दथे । समाचार एजेन्सी रोयटर्सले रुसको एजेन्सी टासलाई उद्धृत गर्दै यो खबर दिएको हो । दुर्घटनामा थप १० जनाको मृत्यु भएको बताइएको छ ।

जानकारी अनुसार यो दुर्घटना बुधवार दिउँसो मस्कोको उत्तरी क्षेत्रमा भएको हो । रुसको नागरिक उड्डयन प्राधिकरणले येभगेनीको नाम यात्रु सूचीमा समावेश भएको मात्रै जानकारी दिएको छ । यो एम्बरर विमान मस्कोबाट सेन्ट पिटर्सबर्ग जाँदै थियो ।

प्रिगोगिनले जुनमा पुटिनविरुद्ध विद्रोह गरेका थिए र त्यसपछि उनी कथित रूपमा बेलारुस गएका थिए । त्यसैले उनी कहिले र कसरी रुस पुगे भन्ने खुलाइएको छैन । एक रुसी अधिकारीले स्काई न्युजलाई भने, ‘हामीले दुर्घटनाको अनुसन्धान सुरु गरेका छौँ । दुई दिनअघि प्रिगोगिनको पहिलो भिडियो सार्वजनिक भएको थियो ।’

सामाजिक सञ्जालमा दुर्घटनाका केही भिडियोहरू छन्, यद्यपि यसको प्रामाणिकता पुष्टि हुन बाँकी छ ।

तपाईको बिचार