काठमाडौँ, भाद्र ७ कोसी सरकारविरुद्ध दायर भएको रिटमा आजको लागि पेसी तोकिएको छ ।
सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएसँगै बिहीबारका लागि पेसी तोकिएको हो । कोसीका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्यक्तिसमेतले मत दिएर बहुमत पुर्याएको विरोधमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका हुन ।
आज अन्तरिम आदेश भएमा थापा नेतृत्वको सरकार फेरि सङ्कटमा पर्ने छ । यसअघि सभामुखको हस्ताक्षरबाट बहुमत पुर्याएका थापा नेतृत्वको सरकार साउन १० मा सर्वोच्चको आदेशबाटै ढलेको थियो ।
तपाईको बिचार