काठमाडौं, भाद्र ६ – नेपाली कांग्रेसको प्रदेश सभापतिहरुको भेला भदौ १६ र १७ गते पोखरामा हुने भएको छ ।
सभापति शेरबहादुर देउवासहित केन्द्रीय तहका शीर्ष नेताहरु भेलामा सहभागी हुने गण्डकीका प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए । १६ गते उद्धघाटन र १७ गते बन्द सत्र हुने सम्मेलनमा प्रदेशका कांग्रेस पदाधिकारीहरु पनि सहभागी हुनेछन् ।
‘पार्टीका साथीहरु एक ठाउँ बसेर समसायिक विषयमा छलफल गरौं । संगठनलाई विश्वासिलो कसरी बनाउने र नयाँ पिढीका लागि कांग्रेसप्रति आकर्षित गराउने बारेमा छलफल हुन्छ,’ शर्माले भने ।
भेलाको दोस्रो दिन पोखरा घोषणापत्र जारी गरिने सभापति शर्माले जानकारी दिए ।
तपाईको बिचार