काठमाडौ, भाद्र ५ – आइसीसी वुमन्स टी–२० एसिया क्षेत्र छनोट अगाडि नेपालले चार देश सम्मिलित सिरिजको पहिलो खेलमा नेपालले हङकङबाट ८५ रनको चुनौती पाएको छ ।
हङकङविरुद्ध नेपालकी सीता राना मगरको ५ विकेटसहितको उत्कृष्ट स्पिन अट्याकमा नेपालले ८५ रनको सामान्य लक्ष्य पाएको हो । सीताले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् । उनले मिडल ओभरमा विकेटको वर्षा गर्दा हङकङ सस्तोमा प्याक भएको हो ।
वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.१ओभरमा अलआउट हुँदै ८४ रन बनाएको हो ।
तपाईको बिचार