२०८१ कातिर्क १९ सोमबार

भरतपुर अस्पतालको ४०० शैया निःशुल्क

  • Admin २०८१ कातिर्क १९ सोमबार

भरतपुर, भाद्र २ – भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका ४०० जनरल बेड निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो ।

अस्पतालका प्रवक्ता बरिष्ठ फिजिसियन डा गोविन्द कँडेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी अस्पतालले निःशुल्क शय्या उपलब्ध गराउन सुरु गरेको जानकारी दिए । उनले क्रिटिकल केयर आईसीयू, सीसीयू, पीआईसीयू, एनआईसीयू, पोष्टअपरेटिभ वार्ड, क्याबिन, एचडीयु, स्पाइन, कार्डियाक, न्यूरोसर्जरी र अर्थोपेडिक वार्डमा भने न्यूनतम सेवा शुल्क कायम गरिएको बताए ।

अस्पतालमा हाल ६०० शैय्या सञ्चालनमा छन् । अस्पतालमा ओपीडी .(बहिरङ्ग) सेवाको टिकट पनि निःशुल्क छ । भरतपुर अस्पतालमा देशभरबाट उपचारका लागि बिरामी आउने गर्दछन् ।

अस्पतालमा पछिल्लो समय दैनिक एक हजार ५०० देखि दुई हजार बिरामी उपचारका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए । रासस

तपाईको बिचार