काठमाडौं, भाद्र २ – नेकपा एमालेले केशव स्थापित र प्रमोद नारायण यादवलाई केन्द्रको जिम्मेवारीबाट अलग हुने चाहना राखे अनुसार केन्द्रीय कमिटी सदस्यबाट पदमुक्त गरिएको एमालेले जनाएको छ ।
यस्तै चार जना नेतालाई कामबाट बिदा दिने निर्णय गरेको छ । एमालेले अजय क्रान्ति शाक्य (काठमाडौँ), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन) र पुरनसिंह दयाल (बैतडी) लाई हालका लागि बिदा दिने निर्णय गरेको हो । स्वास्थ्य लगायतका कारण देखाउँदै ति केन्द्रिय सदस्यहरुले बिदा लिएको एमालेको भनाइ छ ।
एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनमा लामो समयदेखि पार्टीको काममा संलग्न नभएका अन्य केही नेताहरुको हकमा अवस्था र कारण बुझेर अर्को बैठकबाट आवश्यक निर्णय लिने उल्लेख छ ।
तपाईको बिचार