Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6114
NEPAL TIMES NOW | Trusted News Portal

२०८१ चैत ३ सोमबार

पुरा हुदै सूदुरको सपना, डडेल्धुरा मेडिकल कलेजका लागि प्राध्यापकको दरखास्त आब्हान

  • Admin २०८१ चैत ३ सोमबार

डडेल्धुरा, भाद्र १ – सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा स्थापना हुन लागेको डडेल्धुरा मेडिकल कलेजका लागि सुदरश्चिम विश्व्विद्यालय स्वास्थ्य विज्ञान संकाय डिनको कार्यालयले प्राध्यापकहरुको लागि दरखास्त आब्हान गरेको छ । डिनको कार्यालयले सह–प्राध्यापक र उप–प्राध्यापकहरु गरि जम्मा १७ जनाको लागि करारमा दरखास्त आब्हान गरेको हो । डिनको कार्यालयले २०८० भाद्र १५ गते सम्म अनलाईन मार्फत दरखास्त आब्हानका लागि सुचना प्रकाशित गरेको हो । डडेल्धुरा मेडिकल कलेजले यस बर्ष देखि ५ वटा विषयमा स्नातक तहको पढाई सुरु गर्ने जनाएको छ ।

शेर बहादुर देउवा प्रधानमन्त्री भएको बेला २०७८ माघ १० गतेको मन्त्रीपरिषद बैठकले सुदूपश्चिम विश्वविद्यालय अन्तर्गत रहने गरि डडेल्धुरा मेडिकल कलेजको स्थापना गर्ने निर्णय भएपछि अहिले अध्यापनको कार्य अघाडी वढाइएको हो । मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको अमरगढी नगरपालिका ५ तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ भने डडेल्धुरा अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा रहेको छ । यसैगरि डिन कार्यालय प्रशासनिक भवन र शिक्षालय भवन निर्माण प्रक्रिया अघाडी बढाउने जनाएको छ ।

डडेल्धुरा मेडिकल कलेज सुदूरपश्चिम प्रदेश क्षेत्रको लागि स्वास्थ्य क्षेत्रमा कासेढुङ्गा सावित हुने विश्वास गरिएको छ । विश्वविद्यालय स्थापना संगै विद्यार्थीलाई चिकित्सा शिक्षामा पहुँच, प्रदेशभरी विशेषज्ञ उपचार सेवामा पहुँच पुग्ने छ भने विषेषगरी सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकले छिटोछरितो स्वास्थ्य सेवा पाउने छन् ।
पहाडी क्षेत्र, राम्रो हावापानि, सजह यातायात पहुँचका कारण मेडिकल कलेज स्थापना संगै यो कलेज देशभरीकै विद्यार्थीको लागि उत्कृष्ट गन्तब्य बन्न सक्दछ ।

 

तपाईको बिचार