२०८१ कातिर्क २२ बिहीबार

लम्पी स्किनबाट मानिसमा हुनसक्ने जोखिमको अध्ययन हुनुपर्छ : डा. आरजु राणा देउवा

  • Admin २०८१ कातिर्क २२ बिहीबार

काठमाडौँ, साउन ३२ – नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले पशु चौपायमामा भएको लम्पी स्किन बाट मानिसमा हुनसक्ने जोखमको बारेमा अध्ययन हुनुपर्ने बताएकी छन । प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बिहिबार उनले उक्त कुरा बताएकी हुन।

उनले भनिन– ‘यो रोग त झिंगाबाट, लामखुट्टेबाट पनि सर्ने रहेछ । धेरै रोगहरू वातावरण परिवर्तनका कारण मान्छेमा पनि सर्ने गरेको छ, त्यसकारण यो मान्छेमा पनि सर्छ कि सर्देन भनेर अनुसन्धान हुन जरूरी छ ।’

मन्त्रीले तथ्याङ्क दिएपछि यो रोग संक्रमणको अवस्था भयावह पाइएको बताउँदै उनले आफूले तराईमा संक्रमण धेरै होला भन्ने सोचे पनि पहाडी क्षेत्र र सुदूरपश्चिममा धेरै रहेको पाइएको बताइन् । राणाले जलवायु परिवर्तनका कारण अरू रोग पनि आउन सक्छन् भनेर अनुसन्धान गर्न सरकारको कार्यक्रम छ कि छैन भनेर प्रश्न समेत गरिन । सांसद राणाले पशु उपचारका लागि पशु स्वास्थ्य केन्द्र स्थापना गर्न सरकारलाई सुझाव पनि दिएकी छन्।

तपाईको बिचार