काठमाडौ, साउन ३१ – सरकारले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ ।
बुधबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १४ रूपैयाँ बढाएको जानकारी दिएको छ। खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ ८५ पैसा र डिजेलमा ११ रूपैयाँ २५ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ।
निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि–२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको जनाएको छ।
तपाईको बिचार