काठमाडौँ, साउन ३० – सरकारले जग्गा कित्ताकाट खुला गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा कित्ताकाट बन्द गरेको थियो । जग्गाको वर्गीकरणलाई लिएर कित्ताकाट रोकेको थियो । तर आर्थिक मन्दीको कारक जग्गाको कित्ताकाट रोकिनु रहेको भन्दै सरकारले कित्ताकाट खुलाउने निर्णय गरेको हो ।
तपाईको बिचार