काठमाडौ, साउन ३० – नेकपा (एमाले) का केन्द्रीय सदस्य एंव काठमाडौ महानागरपालिकाका पूर्व मेयर केशव स्थापितले पार्टीको जिम्मेवारीबाट अलग भएका छन्।
स्थापितसहित सिरहाका प्रमोद यादवले पनि बिला लिएको एमालेका एक नेताले जानकारी दिए। ‘उहाँहरूले पार्टी नेतृत्वलाई पार्टीको जिम्मेवारीबाट बिदा लिने भन्नुभएको रहेछ। सोमबार बसेको सचिवालय बैठकले उहाँहरूलाई बिदा दिने निर्णय गरेको छ,’ एक पदाधिकारीले जानकारी दिए।
स्थापित २०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका हुन भने पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए।
२०७४ सालमा काठमाडौं ६ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका उनी बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए। पछि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद भएपछि मन्त्री पदबाट हटाइएका थिए।
तपाईको बिचार