२०८१ कातिर्क १९ सोमबार

गगनको महत्वकांक्षाले नजिकिएको शेरबहादुर–शेखरको सम्बन्ध

  • Admin २०८१ कातिर्क १९ सोमबार

सुरज थापा

काठमाडौ, साउन ३० – नेपाली काँग्रेसको १४औं महाअधिवेनमा शेखर कोइराला र गगन थापा समुहले पार्टि सभापति शेर बहादुर देउवा संग चुनावमा प्रतिष्प्रर्धा गरे । देउवा लगातार दोश्रो पटक नेपाली काँग्रेसको सभापतिमा निर्वाचित भए । देउवा आफु मात्र बिजयी भएनन आफु पक्षिय अधिकांस उम्मेदवारहरुलाई बिजयी गराउदै केन्द्रिय समितिमा पनि आरामदायि बहुमत ल्याए । सभापति निर्वाचित भए पश्चात देउवाले समग्र पार्टिमा आफ्नो उपस्थितीलाई अझ मजबुत बनाउदै अघि बढेका छन ।

सभापति देउवाको यो दोश्रो कार्यकाल हो । नेपाली काँग्रेसको बिधान अनुसार यसपछि देउवा सभापतिमा उठ्न पाउने छैनन र यसपछि उनले काँग्रेसको नेतृत्वमा नभई अभिभावकत्व निर्वाह गर्ने निश्चित छ । हुनत नेपाली काँग्रेसको महाअधिवेसन आउन अझै ३ बर्ष समय बाँकी रहेको छ तर नेपाली काँग्रेसमा आज भोलि बिषेशगरि ः शेखर कोइराला र महामन्त्री गगन थापा बिच भइरहेका गतिबिधि हरु १५ औं महाअधिवेशनमा सभापति शेर बहादुर देउवाको समर्थन कसरी आफुले पाउन सकिन्छ भन्नेमा केन्द्रित देखिन्छ । देउवा पक्षमा कुनै गतिबिधिहरु नभएतापनि शेखर–गगन समुहहरु कसरी सभापतिलाई आफुतर्फ आर्कषित गर्न सकिन्छ भन्नेमा आफ्ना गतिविधिहरु अघाडि वढाइरहेका छन ।

महाअधिबेशन पश्चात विस्तारै अघाडी बढेको देउवा कोइराला सम्वन्ध आम निर्वाचनमा आउदा सम्म कोइराला भित्रिरुपमा देउवा निकट भइसकेका थिए । निर्वाचनमा गठवन्धन नगर्ने भन्दै महामन्त्री गगन थापा पक्षीय नेताहरु निरन्तर लागेको बेल नेता कोइरालाले भने कुनै प्रतिक्रिया नजनाई गठवन्धनमा जानका लागि सर्मथन जनाए । निर्वाचनमा नेपाली काँग्रेस पहिलो दलको रुपमा स्थापित हुन सफल रह्यो । निर्वाचनमा गगन समुहले नै काँग्रेसले काँग्रेस लाई भोट नहालेको कुराहरु उठाउन भ्याए, सामाजिक संञ्जालमा व्यापक रुपमा यि कुराहरु उठेका बेला पनि शेखर समुहले देखे नदेखेको जस्तो गरेको थियो । महामन्त्री थापाले आफ्नो नेतालाई पनि विश्वासमा लिएर अघाडी वढ्न नसकेको अवस्थामा सो को फाइदा सभापति देउवा लिन सफल भए ।

महामन्त्री थापाले संसदीयदलको निर्वाचनमा पनि आफुलाई उभ्याए शेखरले आफु पनि संसदीय दलको निर्वाचनमा लड्ने इच्छा देखाएता पनि अन्तिममा गगन थापा नै निर्वाचन लड्ने निर्णय भयो । उनिहरुको बिच भएको गतिबिधिहरुलाई नजिकबाट हेरीरहेका सभापति देउवाले संसदीय दलको निर्वाचनमा बाहिर आउने गरि आफ्नो चलाखिपन देखाए । सभापति देउवाको आरामदायी बहुमत भएको र कुनैपनि हालतमा बिजयी हुन नसकिने थापा पाउदा पाउदै महामन्त्री गगन थापाले आफुलाई संसदीय दलको नेताको उम्मेदबारको रुपमा अघाडी बढाए । दलको नेतामा कुनै पनि हालतमा बिजयी हुन नसक्ने थाहा पाएका महामन्त्री थापाले विशेषगरिः यस पछिको नेताको रुपमा आफुलाई प्रस्तुत गर्न चुनाव लडेको थिए ।

महामन्त्री थापा ले दलको नेताको चुनाव लड्नुका अर्को कारण थियो आफ्नो लोकप्रियता देखाउनु, महामन्त्री थापा समुहको विश्वास थियो कि आफ्नो समुहको मत त छदै छ २/४ मत देउवा समुहको ल्याउने र त्यही मतको बलमा भविश्यमा आफुलाई स्थापित गर्ने तर उनको त्यो दाउ ठिक उल्टो सावित भयो । सभापति देउवाले दलको चुनावमा उनै महामन्त्री थापाको गुटका मतहरु पनि आफुतर्फ ल्याए र भारी बहुमतका साथ संसदीय दलको नेतामा बिजयी भए । सभपाति देउवाको सहयोग विना नेतृत्वमा पुग्न नसकिने निश्कर्ष निकालेका शेखर कोइरालाले संसदीय दलको नेतामा देउवालाई सहयोग गरको काँग्रेस बृतमा चर्चामा रहेको थियो । त्यहीबाट अघाडी बढेको देउवा–शेखर समुह अहिले काँग्रेस भित्र बलियो भएर अघाडी बढेको छ ।

सभापति देउवाको राजनैतिक कुटिलता देखेका शेखरले आफ्नो भविश्य पनि देउवाको सहयोगमा निर्भर देखेका छन । चुनाव लगत्तै गठनबन्धनमा आएको समस्याले पुनः पार्टि भित्र पार्टि सभापति बिरुद्ध आवाजहरु उठ्न थाले तर एक महिना नबित्दै सभापति देउवाले फेरी काँग्रेसलाई सत्तामा ल्याउन सफल भए त्यतिमात्र नभएर काँग्रेसकै नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा निर्वाचित गराउने सफल भए । एमाले–माओवादीको गठवन्धन १ महिना मात्र टिक्न दिएका देउवाले त्यसपछि बनेका केन्द्र सरकार र प्रदेश सरकार विस्तारका क्रममा पनि शेखर समुहलाई सम्मनाजनक अवसर दिएकाले पनि शेखर समुह देउवाको सर्मथनमा नै आफ्नो भविश्य सुरक्षित देखिरहेका छन ।

तपाईको बिचार