काठमाडौं, साउन ३० – नेपाल हज समितिले सन् २०२४ को हज यात्राका लागि आवेदन दिन आग्रह गरेको छ । सन् २०२४ (हज १४४५) का लागि नेपालबाट १२ सयजना इस्लाम धर्मावलम्वीहरूका लागि हज गर्न सक्ने गरी साउदी अरब सरकारबाट कोटा आएको छ । हजमा जानका लागि आवेदकहरुले साउन ३० गते देखि असोज ३० गते सम्म आवेदन दिन सक्नेछन ।
आवेदनका साथ एक लाख ५० हजार रुपैयाँ जम्मा गरेर आवेदन दिन समितिले आग्रह गरेको छ । आवेदन आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्तासहित बुझाउनु पर्ने समितिले जनाएको छ ।
तपाईको बिचार