काठमाडौं, साउन २९ – रामबाबु गुरुङले निर्देशीत चलचित्र ‘डिग्री माइला’ २०८१ को नयाँ वर्षमा रिलिज हुने भएको छ ।
चलचित्र ‘डिग्री माइला’ को निर्माण पक्षले रिलिज डेट सार्वजनिक गर्दै नयाँ वर्षको अवसर पारेर आउने जानकारी दिएको हो ।
निर्माण पक्षले कास्ट एन्ड क्रु भने सार्वजनिक गरेको छैन । निर्माण पक्षले औपचारिक रूपमा जानकारी नदिए पनि यो सिनेमाका मुख्य भूमिकामा दयाहाङ राई हुने बताइएको छ । चलचित्र कमेडी ड्रामा जानरामा बन्ने निर्देशक रामबाबु गुरुङले बताएका छन् ।
‘डिग्री माइला’ नाटकमा आधारित रहेका बन्न लागेको चलचित्र हो । यो नाटकको मुख्य भूमिकामा दयाहाङ राई थिए ।
तपाईको बिचार