२०८१ कातिर्क १९ सोमबार

सप्तकोशीमा तिन दशक यताकै उच्च बाढी

  • Admin २०८१ कातिर्क १९ सोमबार

काठमाडौं, साउन २९ – सप्तकोशी नदीमा पानीको बहाव तिन दशक यताकै उच्च मापन भएको छ । बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

सप्तकोशीमा आज बिहान चार बजे पानीको बहाव ४ लाख ६२ हजार क्युसेक मापन भएको थियो । यद्यपि यो घट्दो क्रममा छ ।

सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सप्तकोशीमा १९८९ पछिकै उच्च बाढी रेकर्ड भएको बताइन् । आज बिहान चार बजे ४ लाख ६२ हजार क्युसेक मापन भएकोमा बिहान साढे ७ बजे घटेर ४ लाख ४० हजारमा झरेको छ ।

तपाईको बिचार