काठमाडौं, साउन २९ – नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । गत शुक्रबारदेखि जारी संसदीय दलको बैठक आज पनि बैठक बस्न लागेको हो ।
आइतबार समापन गर्ने भनिएको बैठक सांसदहरुले बोल्ने क्रम नसकिएपछि बैठक आज पनि बस्ने भएको हो । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइए नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
काँग्रेस संसदीय दलको बैठक जनजीविकाका विषय, सांसद सुनील शर्मा प्रकाउ र सुन तस्करी प्रकरणबारे छलफल केन्द्रित छ । आइतबारसम्म ५४ सांसदहरुले आआफनो धारणा राखिसकेका छन् ।
आज बाँकी सदस्यहरुले धारणा राखेपछि विविध निर्णय गदै आजै बैठक टुङ्ग्याउने तयारी छ ।
तपाईको बिचार