Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121
NEPAL TIMES NOW | Trusted News Portal

२०८२ बैशाख १४ आइतबार

बबईको बाढीमा बगेका ३ जनाको अवस्था अज्ञात, ८४ जनालाई सुरक्षित स्थानमा सारीयो

  • Admin २०८२ बैशाख १४ आइतबार

बर्दिया, साउन २९ – बबई नदीमा बाढीका क्रममा दाउरा संकलनका क्रममा बगेका तीन जना युवाको अवज्ञा हाल सम्म पनि अज्ञात रहेको छ।

आइतबार बबईको बाढीले गुलरिया– १२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारूलाई मध्याह्न १२ बजे, गुलरिया– ८ थपुवाका २७ वर्षीय अक्षय चौधरीलाई साढे १ बजे र गुलरिया– २ पण्डितपुरका २७ वर्षीय महेश चौधरीलाई साढे ४ बजे बाढीले बगाएर बेपत्ता बनाएको थियो ।

उनीहरू तीन जना बबईमा बाढी आएको समयमा दाउरा संकलन गर्न गएको र उनीहरू अलग अलग ठाउँबाट बगेको प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले खोजी गर्दा पनि उनीहरू फेला पार्न नसकेको हो। त्यस्तै भारी वर्षाका कारण घरहरू डुबानमा परेका छन्। अहिलेसम्म ८४ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

बर्दियामा आइतबार भारी वर्षा भएको थियो। बबईमा बाढीले खतराको तह पार गरेको थियो भने तटीय क्षेत्रका अधिकांस भूभाग जलमग्न बनेका छन्।

तपाईको बिचार