काठमाडौ, साउन २८ – अर्थमन्त्री डा. प्रकाशशरण महतले गभर्नर महाप्रसाद अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई छलफलको लागि अर्थ मन्त्रालयमा बोलाएका छन्। साँझ साढे ५ बजे छलफलको समय राखिएको छ। बैंकहरूले निक्षेप र कर्जामा लगाउने ब्याजदर घटाउने उपाय बारेमा छलफल गर्न बैठक डाकिएको स्रोतले बतायो।
केही बैङ्कहरुले न्क्षिेपमा दिइने ब्याज वढाएका छन, निक्षेपको ब्याजदर बढ्दा कर्जाको पनि ब्याजदर बढ्ने भएकोले छलफल गर्न लागिएको हो। भदौको लागि साउन मसान्तसम्ममा बैंकहरूले ब्याजदर प्रकाशित गरिसक्नुपर्छ। भदौको लागि ब्याजदर सार्वजनिक गर्ने समय आएसँगै अर्थमन्त्रालयले चासो राखेको हो।
तपाईको बिचार