२०८१ कातिर्क १९ सोमबार

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

  • Admin २०८१ कातिर्क १९ सोमबार

काठमाडौ, २८ साउन – सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न साढे १२ बजेदेखि सुरू हुनेछ।

संसदको गतिरोध, सरकारले ल्याउने विधेयक, संसद प्रभावकारी बनाउने, केही विषयमा ध्यानाकर्षण गराउनेजस्ता बिषयमा बैठकमा छलफल भइरहेको छ । सभापतिसमेत रहेका संसदीय दल नेता शेरबहादुर देउवाले प्रतिनिधि सभा र राष्ट्रिय सभा सांसदहरूलाई पालैपालो बोल्न समय दिएका छन्।

शुक्रबारको बैठकमा सरकार कांग्रेसप्रति पूर्वाग्रही भएर पार्टीका सांसदहरूलाई पक्राउ गरेको आरोप लगाएका थिए। पार्टीका सांसदहरू भटाभट पक्राउ परेपछि कांग्रेस सांसदहरूले यसबारेमा प्रधानमन्त्रीलाई प्रश्न गर्नुपर्ने बताएका थिए।

शुक्रबार सभापति तथा दलका अध्यक्ष देउवा भने बोलेनन्। बाँकी सांसदहरूले बोलिसकेपछि सांसद रहेका पदाधिकारीहरूले धारणा राख्नेछन्।

शुक्रबारदेखि सुरू भएको संसदीय दलको बैठक आज विभिन्न निर्णय गर्दै बैठक आज सकिनेछ।

तपाईको बिचार