२०८१ कातिर्क १९ सोमबार

संसद् अवरोधबारे एमालेले पत्रकार सम्मेलन गर्दै

  • Admin २०८१ कातिर्क १९ सोमबार

काठमाडौं, साउन २८ – नेकपा (एमाले) ले आज संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा दिउँसो १२ः४५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।

वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको बताइएको छ । एक क्विन्टल सुन प्रकरणमा संसदको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले निरन्तर संसद अवरोध गदै आइरहेको छ ।

तपाईको बिचार