२०८१ कातिर्क २८ बुधबार

कैदीबन्दीको मृत्यु प्रकरणमा जेलर र असईविरूद्ध किटानी जाहेरी

  • Admin २०८१ कातिर्क २८ बुधबार

संखुवासभा, साउन २८ – कारागारभित्र दुई कैदीबन्दीको मृत्यु भएको घटनामा संखुवासभा कारागारका जेलर र प्रहरी सहायक निरीक्षक विरूद्ध जाहेरी परेको छ।

शनिबार कारागार प्रमुख राजेन्द्र घिमिरे र असई लक्ष्मी चौधरीविरूद्ध जाहेरी परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।

गत बुधबार बिहान खाँदबारी नगरपालिका–१ मा रहेको कारागार कार्यालय संखुवासभामा रहेका मादी नगरपालिका–५ फेलेदै बस्ने २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका(७ का २७ वर्षीय विकास श्रेष्ठ भन्ने आकाश बलामी अचेत अवस्थामा फेला परेका थिए। उनीहरूको उपचारको लागि जिल्ला अस्पताल खाँदवारी लगिएको थियो। त्यहाँ उपचारको क्रममा दुबै जनाको मृत्यु भएको थियो।

उनीहरूविरूद्ध प्रहरीले अनुसन्धान अघि बढाएको छ। मृतकहरू दुबै जनाको पोष्टमर्टम सकिसकेको छ। तर मृतक परिवारले शव बुझ्न मानेका छैनन्।

तपाईको बिचार