काठमाडौं, साउन २७ – निजी क्षेत्रको सबैभन्दा ठूलो वायुसेवा बुद्ध एयरले नयाँ एटी आर बिमान थपेको छ । यो संगै बुद्ध एयर संग बिमानको संख्या १६ पुगेको छ ।
७० सिट क्षमताको एटीआर–७२ जहाज बुद्धले अमेरिकन कम्पनी नर्डीक एभिएसनमार्फत खरिद गरेको हो । यो जहाज यसअघि स्पेनको एयर युरोपा एक्सप्रेसले उडाइरहेको थियो । ब्राजिलमा १३ वर्षअघि पहिलो पटक उडान आएको यो जहाजको स्वामित्व लिने बुद्ध ११ औं कम्पनी हो ।
यो जहाजलाई बुद्धका वरिष्ठ क्याप्टेनहरु प्रमोद थापा र गौरभ बोहोराले चार दिनअघि फ्रान्सको डिनार्डबाट ‘फेरी फ्लाइट’ मार्फत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएका थिए ।
खरिदमा संलग्न बुद्ध एयरका एक अधिकारीका अनुसार, यो एटीआर विमान झन्डै ६४ करोड (४.८ मिलियन डलर) मा बुद्धले खरिद गरेको हो । यो विमानमा हिमालयन बैंकको नेतत्वको कन्सोट्रीयममा बुद्धले खरिद गरेको हो । यही प्रकारको नयाँ एटीआर विमान खरिद गर्दा बजार मूल्य झन्डै २ अर्ब रुपैयाँ हाराहारी पर्छ । नेपालले १५ वर्षसम्म पुराना प्रेसरराइज र २० वर्षसम्मका ननप्रेसरराइज विमान खरिद गर्न छुट दिएको छ ।
तपाईको बिचार