काठमाडौं, साउन २७ – जनमत पार्टी सरकारमा सहभागी गराउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन । श्रोतका अनुसार जनमत पार्टीकी सांसद अनिता देवी साहलाई प्रधानमन्त्री दाहाल मन्त्री नियुक्त गर्न लागेका हुन् ।
मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । उनीहरुमध्ये एकलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी छ । सम्भवतः माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भावना छ । एक जनालाई फिर्ता बोलाएर जनमतकी सांसद साहलाई आइतबार मन्त्री नियुक्त गर्ने तयारी छ । जनमतले यसअघि नै उनको नाम सिफारिस गरेको थियो ।
जनमत पार्टीका प्रवक्ता डा। शरदसिंह यादवले पनि भोलि वा पर्सिसम्म सरकारमा जाने सम्भावना रहेको स्वीकार गरे ।
तपाईको बिचार