२०८१ कातिर्क २८ बुधबार

संसद गतिरोध अन्त्यका लागि छलफल गदै नेपाली काँग्रेस

  • Admin २०८१ कातिर्क २८ बुधबार

काठमाडौ, साउन २६ – नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले संघिय संसद भवन नयाँ बानेश्वरमा जारी छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै सदन अवरोध गरिरहे पछि गतिरोध अन्त्यका बारेमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

जारी बैठकमा सांसदहरुले संसदमा देखिएको गतिरोध अन्त्य गर्न पार्टीले पहल लिनुपर्ने बताएका छन। सांसद अर्जुननरसिंह केसीले सुन प्रकरण छानबिन गर्न सर्वोच्चका पूर्वप्रधान्यायाधीश वा न्यायाधीशका संयोजकत्वमा न्यायिक समिति गठन गर्न सकिने बताएका छन्।

अर्का सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्षी एमालेले संसदलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाए। ‘कति धेरै विषयमा संसदमा छलफल गर्नुपर्नेछ, तर एमालेले अनिर्णयको बन्दी बनाएको छ,’ उनले भने ।

उनले राज्यका संयन्त्रहरू सिआइबी, राजश्व अनुसन्धान, संसद र अदालतलाई अविश्वास गरेर कसलाई विश्वास गर्ने भन्ने पनि प्रश्न गरेका छन्।
सुन प्रकरण छानबिन गर्न कांग्रेससहित सत्तापक्ष उच्चस्तरीय समिति बनाउन तयार देखिएको छैन।

तपाईको बिचार