काठमाडौं, साउन २६ – संसदको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा दिउँसो १ बजे बैठक बस्ने तय भएको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने ? नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक लेखकले बताए । उनले भने बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने छ ।
बैठकका एजेन्डा बिहीबारको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले तय गरेको हो ।
तपाईको बिचार