२०८१ कातिर्क २८ बुधबार

बाढी पहिरोको कहर : ५० जिल्ला प्रभावित, ४१ जनाले ज्यान गुमाए

  • Admin २०८१ कातिर्क २८ बुधबार

काठमाडौँ, साउन २५ –  यसपालिको मनसुन सुरुभए यता बाढी पहिरोबाट मुलुकका ५० जिल्ला प्रभावित भएका छन् भने ४१ जनाले ज्यान गुमाएका छन् । एकतीस जना अझै बेपत्ता रहेका छन ।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थका अनुसार ती जिल्लामा विपद्बाट ५५ जना घाइते भएका भने विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा मानवीय क्षति भएको छ ।

यस्तै बेपत्ता हुनेहरु छ जिल्लाका छन् । सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१ जना बेपत्ता भएका सहसचिव पन्थले जानकारी दिए । अठ्ठाइस जिल्लाका ५५ जना घाइते भएका छन् 

बाढी पहिरोबाट कूल एक सय ३० घर पूर्णरुपमा क्षति भएका छन् भने एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ । मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, सङ्खुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो । यसपालिको मनसुनका अवधिमा मुलुकभर कम पानी पर्ने आँकलनका बीच बेलाबेलामा परेको भारी वर्षाले विभिन्न जिल्लामा बाढी र पहिराका घटना निम्त्याइरहेको छ ।

गत आईतबार राति बाट परको अबिरल बर्षाका कारण मुलुकका करिब १ दर्जन राष्ट्रिय राजमार्गहरु अबरुद्ध भएका थिए भने कतिपय सहायक राजमार्गहरुमा अहिले सम्म पनि बाटो सुचारु गर्न सकिएको छैन ।

तपाईको बिचार