२०८१ कातिर्क २२ बिहीबार

विदेशमा मृत्यु हुने श्रमिकका परिवारलाई १० लाख दिइने

  • Admin २०८१ कातिर्क २२ बिहीबार

काठमाडौ, साउन २५-  वैदेशिक रोजगारका क्रममा मृत्यु हुने नेपाली श्रमिकका परिवारलाई आर्थिक सहायता स्वरुप १० लाख रूपैयाँ दिईने भएको छ।

मृतकका परिवारलाई ७ लाख दिँदै आएकोमा वैदेशिक रोजगार वोर्डले यसअघि ७ लाख दिदै आएकोमा त्यसमा ३ लाख थप गरेर १० लाख पु¥याएको हो।

श्रम स्विकृत लिएका वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई हजार पाँच सय रूपैयाँ अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ। सोही कोषबाट वोर्डले सहायता प्रदान गदै आइरहेको छ ।

यस्तो सहायता २०६५ सालदेखि मृतकका आफन्त तथा अंगभंग भएका श्रमिकलाई दिन थालिएको हो। सुरूमा आर्थिक सहायता स्वरूप मृतकका परिवारलाई तीन लाख रूपैयाँ दिने गरिएको थियो। आर्थिक वर्ष २०७४⁄७५ देखि बढाएर ७ लाख पुर्‍याइएको थियो।

मृतक श्रमिकका छोराछोरीलाई प्रदान गरिँदै आएको शैक्षिक वृत्ति रकम पनि बढाइएको छ। बोर्डले मृतकका छोराछोरीलाई शिशु कक्षादेखि १२ कक्षासम्म अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ। छात्रवृत्ति पनि श्रमिकले वैदेशिक रोजगारीमा जाने क्रममा जम्मा गरेको कोषकै रकमबाट प्रदान गरिँदै आएको छ।

बोर्डले यसअघि शिशु कक्षादेखि कक्षा ८ सम्म अध्ययनका लागि वार्षिक ८ हजार दिँदै आएको थियो। अब भने १२ हजार पाँच सय रूपैयाँ दिन लागिएको हो। त्यस्तै, ९ कक्षादेखि १२ कक्षासम्म वार्षिक १२ हजार रूपैयाँ प्रदान गरिँदै आएकोमा १५ हजार पाँच सय रूपैयाँ दिने निर्णय भएको हो।

तपाईको बिचार