काठमाडौं, साउन २३ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन आग्रह गरेका छन् ।
प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्रीले उद्दार, राहत र पुनःस्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन निर्देशन दिएका हु्न् ।
तपाईको बिचार