विराटनगर, साउन २३ – विराटनगर महानगरपालिकाले डेंगी परीक्षण गर्दा ६०० रुपैयाँभन्दा बढी लिन नपाउने गरि शुल्क निर्र्धारण गरेको छ ।
किटमार्फत डेंगी परीक्षण गर्दा स्वास्थ्य संस्थाले जथाभावी शुल्क लिने गरेको गुनासो आएपछि महानगरले सरोकारवालासित बैठक राखेको थियो । सोमबार बसेको बैठकले उक्त शुल्क निर्धारण गरेको हो ।
विराटनगर महानगरभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाले किटबाट डेंगी परीक्षण गर्दा ६०० रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरिएको महानगरका स्वास्थ्य महाशाखाका प्रमुख हैदर अलीले बताए ।
“यस्तो असहज अवस्थामा धेरै कमाउनेभन्दा कसरी हुन्छ जनतालाई सेवा दिनुपर्छ । जनतालाई सेवा प्रदान गर्ने यो एउटा सुनौलो अवसर पनि हो । यस्तो परिस्थितिमा कसैले जनताको अहितमा हुने गरी काम गरेमा कारबाहीका लागि कडा कदम चालिनेछ,” महानगर प्रमुख नागेश कोइरालाले भने ।
तपाईको बिचार