Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121
NEPAL TIMES NOW | Trusted News Portal

२०८२ बैशाख १४ आइतबार

सामसङ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि–अर्डर खुला

  • Admin २०८२ बैशाख १४ आइतबार

काठमाडौं, साउन २३-  सामसङ, नेपालले पाँचौँ जेनेरेसनको ग्यालेक्सी फोल्डेबलहरु ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि–अर्डर खुला गरेको छ । कम्पनीले एक विज्ञप्तिमार्फत प्रि–अर्डर गर्न सकिने जानकारी दिएको हो ।

प्रयोगकर्ताहरुले स्लिक र कम्प्याक्ट डिजाइनहरु, अनगिन्ती अप्सन्स्हरु र शक्तिशाली पर्फरमेन्सका साथ उत्कृष्ट अनुभव पाउने पनि बताइएको छ ।

नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को बजारमा अहिले बिक्री सुरु नभए पनि ग्राहकहरूले २०८० साउन २२ गते  देखि नै यी पाँचौँ जेनेरेसनका फोल्डेबलहरूको प्रि–अर्डर गर्न सक्नेछन् । प्रि–अर्डरसँगै प्रि–गिफ्टहरु पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकहरुले यी उपकरणहरुको प्रि–अर्डर सामसङको आधिकारिक स्टोरहरुमा गएर गर्न सक्नेछन् ।

ग्यालेक्सी जेड फ्लिप ५ मिन्ट, लाभेन्डर र कालो तीन रङमा उपलब्ध हुने बताइएको छ । यसको बजार मूल्य आठ जीबी र्‍याम र २५६ जीबी मेमरी भएको मोडललाई एक लाख ३९ हजार ९९९ रुपैयाँ पर्नेछ । ग्राहकले प्रि–अर्डरका दुईवटा गिफ्टहरु २४ इन्चको सामसङ मोनिटर वा सामसङ ए ७ लाइट एलटीई ९३३२ जीबी०मध्ये कुनै एक रोज्न सक्नेछन् । जसमध्ये २४ इन्चको सामसङ मोनिटरका लागि पाँच हजार र सामसङ ए ७ लाइट एलटीईका लागि दुई हजार अतिरिक्त व्यहोर्नु पर्नेछ ।

ठूलो स्क्रिन र धेरै समय चल्ने ब्याट्रीसहितको पातलो हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो रहेको कम्पनीले बताएको छ । ग्यालेक्सी जेड फोल्ड ५ कालो र लाईट ब्लु रङ्गमा उपलब्ध रहेको बताइएको छ । ग्यालेक्सी जेड फोल्ड ५ १२ जीबी र्‍यामसहित २५६ जीबी र ५१२ जीबी भण्डारण क्षमता भएका छन् ।

ग्यालेक्सी जेड फोल्ड ५ ९१२ र २५६ जीबी को मूल्य दुई लाख २६ हजार ९९९ रुपैयाँ र ग्यालेक्सी जेड फोल्ड ५ ९१२ र ५१२ जीबी को मूल्य दुई लाख ३९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । यसका साथै ग्यालेक्सी जेड फोल्ड ५९१२र२५६ जीबी० को प्रि–अर्डरमा आकर्षक उपहारहरु पनि ग्राहकहरुले रोज्न सक्नेछन् ।

तपाईको बिचार