काठमाडौ, साउन २३ – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । आगामि भदौ २२ र २५ (सेप्टेम्बर ८ र ११) म्यानारको याङ्गुनमा खेलहरू खेलिनेछन् र दुवै खेल फिफा विन्डो अन्तर्गत पर्दछन्।
मैत्रीपूर्ण खेलहरू फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणका खेलहरूको तयारीका लागि खेल्न लागिएको हो। नेपालले अक्टोबर १२ र १७ मा लाओससँग सामना गर्नेछ । दोस्रो चरणमा प्रवेश गरेमा नेपालले दोस्रो चरणको समूह एच मा रहेको युएई, बहराइन र यमन, श्रीलंकासँग खेल्नेछ।
दोस्रो चरणका खेलहरू नोभेम्बर २०२३ र जुन २०२४ बीचमा होम एन्ड अवे ढाँचामा खेलाइनेछन्।
तपाईको बिचार