काठमाडौ, २३ साउन – संसदको गतिरोध अन्त्य गर्न आज बिहान शीर्ष नेताहरुबीच पुनः छलफल हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजे सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीबीच छलफल हुने भएको हो ।
सोमबार दुई चरणमा भएको छलफलबाट सहमति ननिस्किएपछि आज बिहान पुनः बैठक बस्ने तय भएको छ । सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण सोमबार बसेका २ वटा बैठकबाट सहमति निस्कन सकेन ।
तपाईको बिचार