२०८१ कातिर्क २२ बिहीबार

सुन तस्करी प्रकरणका थुनुवाहरुको ७ दिन म्याद थप

  • Admin २०८१ कातिर्क २२ बिहीबार

काठमाडौं, साउन २२ – सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरु लाई ७ दिनको म्याद थपिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार जिल्ला अदालतले उनीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ जनालाई जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।

यसअघि सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको थियो । त्यसैले थुनुवाहरुलाई हिरासतमा राख्ने अनुमति उच्च अदालत पाटनबाट लिइएको थियो । आइतबार राजस्व अनुसन्धान विभागले अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई लगाएपछि थुनुवाहरुको म्याद जिल्ला अदालतको अनुमतिमा थप गरिएको हो ।

तपाईको बिचार