२०८१ कातिर्क १९ सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आपत्‌कालीन उद्धार सुरुङ ‘ब्रेक थ्रु’

  • Admin २०८१ कातिर्क १९ सोमबार

काठमाडौं, साउन २२ – नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आपत्‌कालीन उद्धार सुरुङ ‘ब्रेक थ्रु’ गरिएको छ । सोमबार धादिङ र काठमाडौं दुवैतर्फबाट उक्त सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो । यो सुरुङको कुल दूरी २.५५७ किलोमिटर हो । सडक विभागका अनुसार अब आपत्‌कालीन सुरुङ खन्ने काम सकिएको र फिनिसिङको काम गरिने छ ।

मुख्य सुरुङ निर्माणको काम भने जारी छ । उक्त सुरुङमा पनि अबको चार महिना भित्र ‘ब्रेक थ्रु’ गरिने दाबी आयोजनाको छ । यो सुरुङ कुल दूरी २.६८८ मध्ये २.१६३ किलोमिटर खनिसकिएको छ । अब ५२५ मिटर खनिए निर्माणमा ‘ब्रेक थ्रु’ हुने छ । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईं, सचिव केशवकुमार शर्मासहितको टोलीको उपस्थितिमा सुरुङको ब्रेक थ्रु गरिएको हो ।

तपाईको बिचार