काठमाडौ, साउन २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठक नचलेकोमा आक्रोश व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा सभापति लामिछाने ले लेखेका छन ‘वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं, कयौं कानुन बनाउनु पर्नेछ, कयौं कानुनमा संशोधन आवश्यक छ । जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ, दुःखद ।’
सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर ४ बजेका लागि सारिएको थियो । बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको छ । यस सन्दर्भमा रास्वपा सभापति लामिछानेले आक्रोश पोखेका हुन् ।
तपाईको बिचार