काठमाडौं, साउन २२ – नीर शाह लगायतका कलाकारहरु भुवन चैत्य बसुन्धारा फाउण्डेसन बाट सम्मानित भएका छन । फाउण्डेसनले दुई वर्ष (२०७८ र २०७९) को पुरस्कार एकसाथ वितरण गरेको छ ।
आइतबार चलचित्र विकास बोर्डमा एक कार्यक्रमका बीच सञ्चारमन्त्री रेखा शर्माले फिल्मकर्मी र संगीतकर्मीलाई भुवन चैत्य बसुन्धारा पुरस्कारबाट सम्मानित गरेकी हुन् । सिभिल सेभिङ सहकारीमा फाउण्डेसनको १५ लाख रुपैयाँ फसेपछि दुई वर्ष पुरस्कार वितरण हुन सकेको थिएन ।
फाउण्डेसनले २०७८ सालको हरिश–भुवनचन्द पुरस्कार निर्देशक यादव खरेल र २०७९ सालको पुरस्कार कलाकार नीर शाहलाई प्रदान गरियो ।
यसैगरी संगीतकर्मी गणेश रसिकले ०७८ साल र अभिनेता शिव श्रेष्ठले ०७९ सालको चैत्यदेवी पुरस्कार प्राप्त गरे ।
यस्तै, अभिनेत्री मिथिला शर्मा ०७८ साल र अभिनेत्री शर्मिला मल्ल ०७९ सालको चेतनारायण(बसुन्धरा भुसाल पुरस्कारबाट सम्मानित भएका छन् ।
यो पुरस्कारको राशी जनही एकाउन्न हजार रहेको छ । भुवन चैत्य बसुन्धारा फाउण्डेसन २०७५ सालमा स्थापना भएको थियो । यस फाउण्डेसनकी अध्यक्ष भुवन थापा चन्द हुन् ।
तपाईको बिचार