Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121
NEPAL TIMES NOW | Trusted News Portal

२०८२ असार ३१ मङ्गलबार

नर्सिङ काउन्सिलको प्रश्नपत्र आउट गर्ने ५७ जनालाई कारबाही

  • Admin २०८२ असार ३१ मङ्गलबार

काठमाडौं, साउन २२ – नेपाल नर्सिङ काउन्सिलले लाइसेन्स परीक्षाको प्रश्नपत्र आउट गरेको घटनामा संलग्न ५७ जनालाई गरेको छ । प्रहरीको प्रतिवेदनलाई आधारमा मान्दै काउन्सिलले ती विद्यार्थीलाई कारबाही गरेको हो ।

कारबाही गरिएकामध्ये ५० जनाको परीक्षा नतिजा स्थगित गरिएको छ भने सातजनालाई तीन वर्षसम्म नर्सको लाइसेन्स परीक्षामा सामेल हुन नपाउने निर्णय गरिएको काउन्सिलले जनाएको छ । तीनवर्षे कारबाही गरिएका सातजना प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न भएको पाइएको छ । तीमध्ये चारजना अझै फरार छन् ।
असार २३ गतेको लाइसेन्स परीक्षा चलिरहेका बेला अलब्राइट इन्स्टिच्युटको म्यासेन्जर ग्रुपमा प्रश्नपत्र पठाइएको र सो म्यासेज केही समयमै ४०० भन्दा बढी व्यक्तिले ‘सिन’ गरेको पाइएको काउन्सिलकी अध्यक्ष सरला केसीले बताइन् ।

सोही दिन बालाजुस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युट, ललितपुरस्थित लिटिल एन्जल्स स्कुल र वाग्मती कलेज काठमाडौं केन्द्रबाट प्रश्नपत्र बाहिरिएको थियो । सो दिनको परीक्षा नतिजा काउन्सिलले एक महिना स्थगित गरी आइतबार मात्र सार्वजनिक गरेको थियो ।

तपाईको बिचार