काठमाडौं, साउन २२ – नेकपा एमालेले अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक सोमबार सम्मका लागिस्थगित भएको छ । बैठक सुरु भए लगत्तै एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।
त्यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद दिलकुमारी रावल थापालाई बोल्न समय दिए । उनले आफूहरुले चाहेर नभइ बाध्यताले संसद अवरोध गर्नु परेको बताइन् ।
उनले बोलेपछि पनि एमाले सांसदहरुले उठेर विरोध जारी राखेकाले अध्यक्षले बैठक साउन २४ गते बुधबार दिनको १ बजेसम्मका लागि स्थगित गरे ।
सुन तस्करीको बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेले सदन अवरुद्ध गदै आइरहेको छ ।
तपाईको बिचार