२०८१ कातिर्क २८ बुधबार

चन्द्रयान–३ ले पठायो तस्बिर

  • Admin २०८१ कातिर्क २८ बुधबार

काठमाडौं, साउन २२ – भारतको चन्द्रयान–३ चन्द्रमाको पहिलो तस्बिर पठाएको छ । अघिल्लो महिना चन्द्रयान–३ मा आन्ध्र प्रदेशको श्रीहरिकोटाको स्पेस सेन्टरबाट १४ जुलाईमा प्रक्षेपण गरिएको थियो ।

यो अन्तरिक्षयान चन्द्रमाको कक्षामा प्रवेश गरिरहेका बेला चन्द्रमा यस्तो देखिएको थियो – चन्द्रयान–३ को ट्विटर ह्यान्डलमा लेखिएको छ ।

यो अभियानका लागि २३ अगस्ट सबैभन्दा महत्त्वपूर्ण मिति हो । यस दिन चन्द्रयानले दक्षिण ध्रुवमा सफ्ट ल्यान्डिङ गर्नुपर्छ ।

चन्द्रयान–३ मा एउटा ल्यान्डर, एउटा रोवर र एउटा प्रोपल्सन मोड्युल राखिएको छ । यसको जम्मा तौल ३,९०० किलोग्राम छ ।

तपाईको बिचार